पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको बेडबाट थारु परिवारको सहयोगको अपिल
पाेखरा | चैत १६, २०७९
पोखरा: पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा उपचाररत भेषबहादुर थारुको परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।
माघमा अपरेशन गरिएको थारु अहिले भेन्टिलेटरमा उपचारत भएपनि केही दिन अस्पतालमा बस्नुपर्ने र परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोगको अपिल गरेको हो ।
थारुको माघमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मेरुदण्डको अपरेशन गरिएको थियो ।
रुपन्देही सालझण्डी स्थायी घर भएका थारु परिवार पोखराको अमरसिंह चोकमा बस्दै आएका छन् । भेषबहादुरको बुबाले पोखराको एक फर्निचरमा र आमाले गृहिणीको काम गरेर छोराको उपचार गराइराखेका छन् ।
बिरामी भेषबहादुरलाई सहयोग गर्न उनको आमा जमुना थारुको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ३४०००००१३०४ मा सहयोग गर्न सक्नेछन् ।
पोखरा: पोखरामा भोलिदेखि छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने च्याम्पियनसिपक...
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ मा जारी वडा खेलकुद महोत्सवमा विहीबार भलिबल, फुटवल, दौड र यूनि हकी अन्तर्गतका खेल सम्पन्न भएका छन । जस अन्तर्गत विद्यालय स्तरीय फुटबलको उपाधि एस ओ एस गण्डकीले विद्यालयस्तरीय ...
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा आयोजित खुल्ला छेलो प्रतियोगिताको उपाधि लमजुङका निशान परियारले हात पारेका छन । प्रतियोगितामा परियारले १४.३३ मिटर दुरी छेलो ...

